+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्यनगर गोल्डकप : फाइनलमा अभिषेक चर्च रजहर र बिरगंज युनाइटेड भिड्ने

हाम्रो आँखा
२०८३ बैशाख २, बुधबार २१:४९

नवलपरासी ।बर्दघाट–१६ स्थित सूर्यनगर रंगशालामा जारी १०औँ संस्करणको सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनल चरणको अन्तिम खेल आज रोमाञ्चक ढंगले सम्पन्न भएको छ। खेलमा अभिषेक चर्च रजहरले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा सुनिश्चित गरेको छ।

एमएससी भारत र अभिषेक चर्चबीच भएको प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा २-२ गोल सहित बराबरीमा टुंगिएपछि खेलको निर्णय ट्राइब्रेकर (पेनाल्टी सुटआउट) बाट गरिएको थियो। पेनाल्टीमा अभिषेक चर्चले ५–४ गोलान्तरले जित हात पार्दै फाइनलमा स्थान बनाएको खेल संयोजक मीन गुरुङले जानकारी दिएका छन्।

यससँगै अभिषेक चर्च रजहर उपाधि नजिक पुगेको छ र अब फाइनलमा बिरगंज युनाइटेडसँग उपाधिका लागि भिड्नेछ। फाइनल खेल बैशाख ४ गते हुने तय भएको छ। आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका अभिषेक चर्चका राष्ट्रिय खेलाडी बिमल घर्ती मगर “म्यान अफ द म्याच” घोषित भएका छन्।फाइनलमा पुगेसँगै दुवै टिमको मनोबल उच्च देखिएको छ।

उपाधि नजिक पुगेका अभिषेक चर्च र बिरगंज युनाइटेडबीचको अन्तिम भिडन्त निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ। फुटबलप्रेमीहरू अहिले उक्त फाइनल खेलको प्रतिक्षामा छन्।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ