नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित कुमुदिनी ईङ्ग्लिस बोर्डिङ स्कुललाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली अन्तर्गत आईएसओ (ISO) लोगो हस्तान्तरण गरिएको छ ।
विद्यालयले ३० प्रतिशत प्रारम्भिक सूचकहरू पूरा गरेपछि सोमबार एक कार्यक्रमका बिच आईएसओ लोगो नियमक संस्था ग्लोबल क्वलिटी काउन्सिलका प्रतिनिधि सुदिप शर्माले विद्यालयका संचालक धिरज शर्मा बस्याललाई लोगो हस्तान्तरण गरेका हुन ।यद्यपि तोकिएको निश्चित समय सिमा भित्र विद्यालयलले ५२ वटा सूचकहरु पूरा गरेपछि मात्रै विद्यालयलाई आईएसओ सर्टिफाईड गरिने छ ।
सूचकहरुमा शैक्षिक गुणस्तर सुधार, व्यवस्थापन प्रणाली,सुदृढीकरण तथा विद्यार्थीमैत्री वातावरण,सुरक्षीत बाताबरण,शिक्षण सिकाई गुणस्तर लगायतका विभिन्न मापदण्डहरु समावेस हुने बताईएको छ ।
सो समारोहमा बोल्दै प्रतिनिधि सभा सदस्य बिक्रम खनालले निजि क्षेत्र र सरकारबिचको आपसी सहकार्यले मात्रै ठोस उपलब्धि हासिल हुन सक्ने बताए ।सस्थागत विद्यालयहरुले अभिभावकको ढाड नसेकिने र गुणस्तरीयतामा पनि कमि नहुने गरी शैक्षिक बाताबरण तयार गर्नु पर्ने उल्लेख गरे ।खनालले सरकारले शैक्षिक सुधारका लागी काम गरिरहेको जिकिर गर्दै सामुदायिक तथा संस्थागत सबै विद्यालयले सरकारले दिएको निर्देशन अक्षरस पालना गर्नुपर्नेमा जोड दिए ।
ISO लोगो प्राप्त गरेसँगै विद्यालयकि अध्यक्ष कमला शर्माले आफ्नो सेवा प्रवाह, शिक्षण विधि र समग्र व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरिन ।
कार्यक्रममा बर्दघाट चारका वडा अध्यक्ष बेदबिना तिवारी, नगर शिक्षा प्रमुख डिल्लीराज ढुंगाना, प्याब्सन केन्द्रिय कमिटिका सल्लाहाकार सुमन गोपाल अचार्य, प्याब्सन जिल्ला अध्यक्ष डम्बर गुरुङ्ग लगायतले विद्यालयलाई शुभकामना ब्यक्त गरेका थिए । विक्रम संवत २०४९ सालमा स्थापना भएको कुमुदिनी स्कुलमा कक्षा १२ सम्म १५ सय बढि विद्यार्थीले अध्ययन गर्दै आईरहेको विद्यालयका प्रधानाध्यापक रेश्मी राज बस्यालले जानकारी दिए ।
यस उपलब्धिले स्थानीय तहमा गुणस्तरीय शिक्षाको विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। साथै, अभिभावक तथा विद्यार्थीहरूमा विद्यालयप्रति विश्वास अझ बढ्ने विश्वास लिइएको छ।
विद्यालयले आगामी दिनमा समेत गुणस्तर कायम राख्दै थप सुधारका कार्यक्रमहरू अघि बढाउने जनाएको छ।